Skip to main content

सेती यातायातका तत्कालिन प्रखुम लक्ष्मण शाही सहित तीन जना विरुद्ध विषेश अदालतमा मुद्धा दायर

Submitted by editor on
शिवराज भट्ट
यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही


परीक्षामा फेल भएका र सहभागी नै नभएका सयौंलाई यसरी बाँडेका थिए लाइसेन्स


धनगढी ः परीक्षामा फेल भएका र सहभागी नै नभएकाहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा सेती यातायात ब्यवस्था कार्यालयका तत्कालिन प्रमुख लक्ष्मण शाही सहित तीन जनाविरुद्ध अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही, तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग ब्, द्य, ऋ, ऋज्ञ, प्, र व्ज्ञ  का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको पाईएको छ ।


त्यस क्रममा निजले प्रविष्ट(अपलोड) गरेका उक्त १८० जना परीक्षार्थीहरूमध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा÷प्राप्तांकलाई रि–राइट, ओभर–राइटसमेत गरी सच्याएको, वर्ग ब्, द्य, भ्, न् र प् का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा÷प्राप्तंकमा रि–राइट, ओभर–राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैंले स्वीकृत गर्ने कामसमेत गरेको आयोगले जनाएको छ। 


शाहीले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तरपुस्तिकाहरूको नतिजा÷प्राप्तांक र २३ जनाको नतिजा÷प्राप्तांक सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


त्यस्तै कठरिया र रावलले आफ्नो आधिकारिक युजर आइडी  प्रयोग गरी वर्ग ब्, द्य, र प् का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको एवं वर्ग ब्, द्य, ऋ÷ऋज्ञ, भ्, ँ, न् र प् का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण÷अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहीले नतिजा प्रविष्ट गरेकोमा परीक्षामा उपस्थित नै नभएका २५ जना र अनुत्तीर्ण भएका १३९ जना गरी जम्मा १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई स्वीकृत गरेको आयोगको दाबी छ।