Skip to main content

लागूऔषधसहित धनगढीमा तीन जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका–९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्। २६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।