Skip to main content

परराष्ट्रमन्त्री साउदले फेरि दिए विपिन रिहाईको आश्वासन

Submitted by editor on
ईबिगुल संवाददाता
एनपी साउद

महेन्द्रनगर : परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाईका लागि सरकारको तर्फबाट गर्ने सबै प्रयास भइरहेको बताएका छन् ।


आइतबार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जोशीको रिहाइका लागि सरकारले सबै उपायबाट निरन्तर पहल गरिरहेको बताए । ‘इजरायल लगायत शाक्तिराष्ट्रसँग विपिनको रिहाइका लागि प्रयास गरिरहेका छौं,’ मन्त्री साउदले भने, । ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैं गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आफू विश्वस्त रहेको बताए ।


कार्यक्रममा विपिनका आमाबुबाले समेत मन्त्री साउदसँग भेट गरेर विपिनको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किनेछन’ उनले भने । ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परे । अब विपिनको रिहाइ हुनेमा आशावादी छौं।’


उनले अहिले छिमेकीहरूसँगको सम्बन्धसमेत सन्तुलितरूपमा अघि बढिरहेको बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै जादा कटुटता आएकोजस्तो देखिन्थ्यो । छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलितरूपमा अघि बढिरहेको छ,’ उनले भने । अन्नपूर्ण पोस्टबाट