Skip to main content

पुस १५ अथवा ठुली रात मनाईदै

Submitted by editor on
ईबिगुल संवाददाता
पुस१५ गतेको राती

धनगढी : सुदूरपश्चिम प्रदेशमा पुष १५ भब्यताका साथ मनाइन थालिएको छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्वका साथ मनाउने गरिन्छ । पुस१५ गतेको रातीलाई ठूली रातका रूपमासमेत मनाइने गरिन्छ ।

गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ । यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ। 

यो दिन गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ। यस्तै, तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ ।

साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा  गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ। कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्छ। अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए।

पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता छ। पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको छ। यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ।