Skip to main content

मोटरसाइकल चोरी गर्ने कञ्चनपुरमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन्।

 बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मोटरसाइकल बेदकोट नगरपालिका–७ कोल्डस्टोर नजिक मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। पक्राउ परेकाहरुमाथी कञ्चनपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाइएको छ।