धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट वडा प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१०१० प ८९४८ नम्बरको मोटर साईकलमा सवार जिल्ला धनगढी उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय श्यामबहादुर चौधरीलाई पक्राउ गरेको छ। उनीहरुलाई चेकजाँच गर्दा अभिषेक शाहको साथबाट १ ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेला दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।