धनगढीः कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक हवलदार घाइते भएका छन्।
महेन्द्र राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–५ मा बा ५ ख ४३१७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका छन्। उनको धनगढीमा उपचार भइरहेको छ।
टाउको र अनुहारमा गम्भीर चोट लागेका बम सशस्त्र प्रहरीका हवलदार हुन्। उनी राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन्।
बस र चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने ३९ वर्षीय कृष्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।