धनगढी : कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीकी ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।