Skip to main content

भन्सार छलीका सामान कञ्चनपुरबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
 भन्सार छली

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा र गज्जरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९२ हजार ५ बराबरको चिनी, सुटपिस, धोती लगायतका सामान प्रहरीले बरामद गरेको हो। उक्त सामान प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।