डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका २ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।