Skip to main content

कैलाशधाम तिर्थस्थलका अध्यक्षको कैलालीमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढीः कैलालीमा मोटरसाईकल दुर्घटनामा परी कैलाशधाम तिर्थस्थलका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रिमालको मृत्यु भएको छ।

बल्चौरबाट लम्की फर्किने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–१ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै आइतवार राति से ७ प ३२२३ नम्बरको मोटरसाईकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किएर उनी घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते भएका रिमालको गएराति ९ बजे लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।