Skip to main content

२५ लाख बढीको भन्सार छलीको सामान कैलालीमा बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढी : कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधवार २५ लाख ५४ हजार चार सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले कैलारी गाउँपालिका–९ कोइलही ताल क्षेत्रबाट भारतबाट भन्सार छली ल्याइएको सामान बरामद गरेको बताएको छ। प्रहरीले चार सय सुट, एक हजार पाँच सय १५ टप्स, एक सय १२ धोती, १० पूजाको धोती, २० रोल थान कपडा, १० साडी, पाँच टाबेल र एक रोल ब्लाउजको कपडा कैलाली भन्सार कार्यालय, त्रिनगर बुझाएको हो।