Skip to main content

लागुऔषधसहति कैलालीबाट तीन जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढी : कैलालीबाट तीन जना लागुऔषधसहित पक्राउ परेका छन्।  टीकापुर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्।

टीकापुर नगरपालिका–१ नयाँवस्ती क्षेत्रबाट ३० वर्षीय छत्र साउँद पाँच ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यस्तै, टीकापुर नगरपालिका–१ कान्छी बजारबाट ३१ वर्षीय संजिप चौधरी र २७ वर्षीय दुर्गा प्रसाद चौधरी ४० मिलिग्राम लागुऔषधसति पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले शुक्रवार पक्राउ गरेको हो।