Skip to main content

समाजलाई एकताबद्ध बनाउन र मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण : मुख्यमन्त्री शाह

Submitted by editor on
ईबिगुल संवाददाता
‘रक्तदान

धनगढी :  विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाको आयोजनामा शनिबार ‘रक्तदान जीवनदान २०२५’ आयोजना गरेको छ । मानवताको सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि थिए ।

मुख्यमन्त्री शाहले कार्यक्रम उद्घाटन गर्दै समाजलाई एकताबद्ध बनाउन र मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण साधन भएको बताए । उनले “रगतदान केवल स्वास्थ्य योगदान मात्र होइन, जीवन बचाउने महान् कर्म हो” भन्दै यसलाई निरन्तर अभियानका रूपमा अघि बढाउन सबैलाई आग्रह गरे । सो अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी संचालिका रबिनाले कथा वाचनमार्फत ‘रक्तदान जीवनदान २०२५’ को महत्वबारे प्रकाश पारिन । उनले रक्तदानलाई सेवा, समर्पण र भाइचाराको उदाहरणका रूपमा लिनुपर्ने बताउँदै नियमित रक्तदानले असंख्य जीवन बचाउन सक्ने उल्लेख गरिन ।

रक्तदान कार्यक्रममा अत्तरिया र गौरीगंगाका युवा पुस्ताको उल्लेख्य उपस्थिति देखिएको थियो । युवाहरूको उत्साहजनक सहभागिताले समाजमा परोपकार र सहकार्यको संस्कृति मजबुत भइरहेको सन्देश दिएको आयोजकले जनाएका छन् । 

यसैगरी, राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्यतिथिको स्मरणमा गरिएको कार्यक्रममा सहभागीहरूले उनको जीवन दर्शन, आत्मिक सेवा र मानवता प्रबद्र्धनमा दिनुभएको योगदानप्रति आभार प्रकट गरेका थिए ।