Skip to main content

लागूऔषधसहित कैलालीमा तीन जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

भजनी नगरपालिकाबाट दुई जना र टीकापुर नगरपालिकाबाट एक जना गरी प्रहरीले तीन जनालाई  लागूऔषधसहित पक्राउ गरेको हो।

सोमवार साँझ ५ बजे भजनी नगरपालिका–२ रजवारास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ४२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय शंकर चौधरी र १६ वर्षीय एक किशोर रहेका छन्। उनीहरूबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

यस्तै सोमवार साँझ करीब ७ बजेतिर टीकापुर नगरपालिका–१ ब्लक नंम्बर ११ ड्राइभरटोलस्थित सडक खण्डमा चेकजाँचको क्रममा ३३ वर्षीय आशिष कोरालालाई पनि लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा उनको साथबाट ११० मिलिग्राम खैरो हेरोइन फेलापारी नियन्त्रणमा लिएको छ।