Skip to main content

लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

 धनगढी:कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन।

बेलौरी नगरपालिका–६ नकैयाबाट २४ वर्षीय राजेन्द्र चौधरी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बेलौरीको टोलीले चार सय ५० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो। उनी सोमवार साँझ पक्राउ परेका हुन्। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।