Skip to main content

नारायण दत्त भट्टको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगको निर्णय

Submitted by editor on
ईबिगुल संवाददाता
नारायण दत्त भट्ट

धनगढी : अपांगता नभएको भन्दै उजुरी परेका नेपाली काँग्रेसका सभापती नारायण दत्त भट्टको उमेदवारी कायमै रहने भएको छ । राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणदत्त भट्ट विरुद्ध एमालेका अपांग कोटाकै उमेदवार रामचन्द्र जोशीले उजुरी हालेका थिए । 

सत्तारूढ गठबन्धनकातर्फबाट अपाङ्गतातातर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन् । तर, भट्टको उम्मेदवारी कायमै गरिएको निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेम भट्टले बताए । उनका अनुसार नारायणदत्त भट्टको उम्मेदवारी निर्वाचन अधिकृतले कानुन सम्मद रहेको निर्णय सुुनाएका हुन । 

नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता गरिएको थियो । किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको थियो । तर, उनको अपाङ्गता परिचय पत्र किर्ते नभएको आयोगले ठहर गरेको हो ।

गठबन्धनका तीन जना उमेदवार मध्ये नेपाली काँग्रेसले सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपाङ्गता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ  । गठबन्धन कै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ । 

त्यस्तै नेकपा एमालेबाट सुदूरपश्चिममा महिलाबाट सावित्री देवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) उमेदवार छन ।