Skip to main content

पाकिस्तान शाहिन्स विरुद्ध नेपाल १ रनले पराजित

Submitted by editor on
ईबिगुल संवाददाता
क्रिकेट

धनगढी  : अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आजको खेलमा नेपाल १ रनले पराजित बनेको छ । पाकिस्तान शाहिन्सले दिएको १४५ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १४३ रन मात्रै बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा ५२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा ४४, कुशल भुर्तेल ९ बलमा ४, आसिफ शेखले ३० बलमा २७ रन बनाए । यसअघि, पाकिस्तानी टोलीका कप्तान इरफान खान ४२ रनमा अविजित रहे । लामो समय क्रिजमा टिकेका उनले केवल २६ बलमा एक छक्का र तीन चौका प्रहार गरे । तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद सलमान एक रनमा अविजित रहे । पाकिस्तानले अतिरिक्त रुपमा १३ रन पायो ।

११ टोलीको सहभागिता रहेको जारी शृंखलामा पाँच खेल खेलेको सिकागो किङ्समेन १० अंकसहित पहिलो स्थानमा छ । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।