धनगढी : कैलाली जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्व चयन भएको छ । बार एकाईको अध्यक्षमा नाथुराम महतो चयन भएका छन् । शुक्रबार सम्पन्न बारको साधारण सभाबाट महतोको नेतृत्वमा निर्विरोध समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हिमालय विक्रम विष्ट, सचिवमा प्रेमबहादुर शाही, कोषाध्यक्षमा किशोरकुमार चौधरी र सह सचिवमा कुमारी कौशिला केसी सापकोटा चयन भएकी छन् ।
यस्तैगरी सदस्यहरुमा कर्णसिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवास चन्द्र उपाध्याय, नैनबहादुर वडायक, देवीलाल चौधरी, ईन्द्रबहादुर खड्का, धर्मराज भट्ट र विरेन्द्र चौधरी रहेका छन् । त्यसैगरी बार एकाईक पार्षदमा बीरबहादुर जेठारा, नवराज पाण्डे र भरतबहादुर सिंह चयन भएको जनाएको छ ।