Skip to main content

सुदूर पहाडमा ‘नरहरी’ र तराईमा माघीको रौनक सुरु

Submitted by editor on
धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायणको अवधि भन्ने गरिन्छ । उत्तरायणको अवधिमा मांगलिक कार्यहरु गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ ।
ईबिगुल संवाददाता
माघी

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा नरहरी, च्याल्त्यार सहित माघे सक्रान्ती धुमधामका साथ सुरु भएको छ भने तराईका जिल्लामा थारु समुदायले माघी मनाउन थालेका छन । बैतडी, दार्चुुला र बझाङका केही भागमा कागलाई सेल पुरी दिएर नरहरी मनाईएको छ । 

‘पुसमा पाक्य र माघमा खाक्य’ भनिएजस्तै पुस समान्तको राती मिठो मसिनो पकाउने र पहिलो रोटी कागका लागि छुट्टै राख्ने चलन रहेको छ । पाप नष्ट हुने मान्यतका साथ पुस मसान्तको राती पकाएको पहिलो रोटी माघ १ गते संक्रान्ति अर्थात ‘नरहरी’को बिहानै नुहाईधुवाई गरेर कागलाई  दिने चलन रहेको छ । चामलको रोटी, तरुल, सखरखण्ड लगायतका परिकार पकाउने चलन समेत रहेको छ । 

सुदूरपश्चिमकै डडेल्धुरा, डोटी, अछाम र बाजुरा तथा बझाङका केही भागमा भने माघमा छोरीचेलीलाई मिठो मसिनो बनाएर यसको घरमै पुगाउने चलन रहेको छ । धार्मिक मान्यता अनुसार ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान भन्ने बुझिन्छ । धार्मिक आध्यात्मीक कार्यको सुरुवात भएको दिनको रुपमा ‘नरहरी’ बनाउने गरिएको सस्कृतीका जानकारी आचार्य रघुनाथ जोशीले जानकारी दिए । ‘धार्मिक कार्यकर्नको लागि ढोका खल्यो, यस उत्तरायणका समयमा सबै धार्मिक कामहरु हुन्छन्,’ उनले भने । 

धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायणको अवधि भन्ने गरिन्छ । उत्तरायणको अवधिमा मांगलिक कार्यहरु गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ । ब्रतबन्ध, बिवाह लगायतका मांगलिक कार्य प्रायजसो उत्तरायनको अवधिमा गर्ने गरिन्छ ।

तराईमा बसोबास गर्ने कलासंस्कृतीको धनी मानिएको थारु समुदायले पनि विभिन्न परिकार मनाउदै माघी मनाउने गर्छन । थारु समुदायका लागि माघ १ गते नयाँ वर्ष पनि हो । घर परिवारमा अंशबण्डा हुने, गाउँमा भलमन्सा चयनको काम पनि माघै सुरु हुने गर्छ । 

थारु समुदाय आजको दिन बंगुर काटेर भाग लगाउने, ढिक्रि जस्ता मौलिक परिकार पकाउने र मेला महोत्सव गर्ने गर्दछन । माघी पर्व थारुहरुको सबैभन्दा ठुलो पर्व मानिन्छ । तराईका विभिन्न स्थानमा मााघी महोत्सवको आयोजना गरिएको छ