Skip to main content

काँग्रेसले भवन उदघाटन गर्न खाेजेपछि गाेदावरीमा तनाव

Submitted by editor on
ईबिगुल संवाददाता
काँग्रेसले भवन उदघाटन गर्न खाेजेपछि गाेदावरीमा तनाव

धनगढी : कैलालीकाे गाेदावरी नगरपालिकामा एमालेका मेयरले उद्घाटन गरिसकेको भवन  काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।

एशीयाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत निर्माण भएको कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन विहीबार काँग्रेसको तर्फबाट जितेका मेयर विरेन्द्र भट्टले उद्घाटनको तालिका सार्वजनिक गरेका छन ।

एक वर्ष अघि तत्कालिन मेयर हरिसिह साउदले उक्त भवनको उद्घाटन गरिसकेका छन । प्रशासकीय भवनको फेरी उद्घाटन गरेर मेयर बिरेन्द्र भट्टले अपनत्व लिन खोजेके भन्दै नेकपा एमालेले विरोध गरेको छ ।
अहिले उदघाटनकाे तयारि भईरहेेका बेला नगरपालिकामा एमाले कार्यकर्ताले नाराबाजि गरिरहेका छन । 

एमाले गोदावरी नगर कमिटिले बुुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक पटक उद्घाटन गरिसकेको भवन फेरि उद्घाटन गरिए त्यसको विरोधमा उत्रिने चेतावनी दिएको थियाे । नेकपा एमाले गोदावरी नगर कमिटिकाे आह्वानमा  एमालेका कार्एकर्कता नगरपालिका पुगेका छन ।

पटक उद्घाटन गरिसकेको भवनको फेरि उद्घाटनको नाटक गरेर मेयर भट्टले राजनीति गर्न खोजेको एमालेले लगाएकाे छ ।