Skip to main content

नक्कली टिकटको छानविन मागगर्दै अत्तरिया उद्योग वाणिज्य संघमा ताला

Submitted by editor on
ईबिगुल संवाददाता
तालावन्दी

अत्तरिया : अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट प्रकरणको छानविनको मागगर्दै स्थानीय ब्यवसायीहरुले तालावन्दी गरेका छन । 

आईतबार सम्पन्न भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका बताए । माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

१४ जना ब्यवसायीहरुले हस्ताक्षर गरेको पत्र नै वाणिज्य संघको कार्यालयमा बुुझाएका छन । ‘नक्कली टिकट प्रकरणमा छानविन हुनुपर्ने ठाउँमा बेवास्ता गरिएकाले तालाबन्दी गर्न बाध्य भएका छौं’ पत्रमा उल्लेख गरिएको छ ।