Skip to main content

नेकपा माओवादी केन्द्र संसदीय दल : खगराज भट्ट हटाएर मानबहादुर धामी नेता चयन

Submitted by editor on
ईबिगुल संवाददाता
 माओवादी

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन गरेर मान बहादुर धामीलाई संसदीय दलको नेता बनाएको हो ।

बहुमत सदस्यहरुले नेता परिवर्तन गरि सभामुुख भीम बहादुर भण्डारीलाई जानकारी गराई सकिएको प्रदेश सभा सदस्य शिवसिह ओलीले बताए । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभामा सभामुख सहित ११ सदस्य छन । 

आज बसेका संसदीय दलको बैठकमा बहुमत सदस्य अथवा ६ जनाले दलको नेता परिवर्तन गरेका हुन । बैठकमा प्रदेश सभा सदसस्यहरु मानबहादुर धामी,अक्कल रावल, शिवसिह ओली, ओमविक्रम भाट (सरल), लक्ष्मी विक र गीता मालको उपस्थिति रहेको थियो ।