Skip to main content

धनगढीमा भारी वर्षा

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीमा भारी वर्षा

कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन:सुरु भएको हो ।

भारी वर्षासँगै धनगढी जलमग्न भएको छ । यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।