Skip to main content

कैलालीको गेटामा बस र म्याजीक ठोक्किदा ९ जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
म्याजिक र बस एकापसमा

धनगढी : धनगढी –अत्तरिया सडक खण्डको मनेहरा पुल नजिक म्याजिक र बस एकापसमा जुध्दा ९ जना घाईते भएका छन । शुक्रबार साँझ धनगढीबाट अत्तरिया जाँदै गरेको सुदरपश्चिम यातायातको ना ४ ख ७२३०  नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ ज ३५३ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा म्याजिक चालक धनगढी उपमहानगरपालिका–३ का धर्म साउँद, म्याजिकमा यात्रुहरु गौरिगंगा नगरपालिका–१३ का दिनेश बोहरा, डोटीको बड्डीकेदार गाउँपालिकाका–१ का २१ वर्षीया यशोदा मन्नी, जोरायल गाउँपालिका–१ का २६ वर्षीया माया थापा  घाइते भएका छन । चारै जनाको नवजीवन अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै डोटीको जोरायल गाउँपालिकाका–१ का २४ वर्षीय राजन विक, २१ वर्षीय सोनु विक, गौरीगंगा नगरपालिकाका–२ का ५५ वर्षीय प्रवेश चौधरी, धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय अम्मर विक र बैतडीको दशरथ चन्द नगरपालिका–११ का सन्तोष भण्डारी पनि घाइते भएका छन । उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस चालक फरार रहेका छन ।