Skip to main content

नेकपा माओवादी केन्द्र भीत्र चुलीयो विवाद, संसदीय दलको निर्णय सच्याउन पार्टीको निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा माओवादी केन्द्र

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र भीत्र चरम विवाद देखिएको छ । पार्टीको नीति विपरित संसदीय दलको बैठक बसाएर नेता चयन गरिएको विषयमा पार्टी भर्सेस संसदीय दल भएको छ । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई संसदीय दलको नेता बनाएको निर्णय सच्याउन निर्देशन समेत गरेको छ ।

शनिबार धनगढीमा उपलब्ध पदाधीकारीको बैठकको निर्णय भन्दै नेकपा माओवादीका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनक बुुढाले हस्ताक्षर गरेको विज्ञप्ती नै अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । 

पार्टी अध्यक्ष र सचिवको हस्ताक्षर गरिएको पत्रमा हालै संसदीय दलका उपनेता अक्कल रावलको अध्यक्षतामा गरिएको बैठकले गरेका निर्णय सच्याउन निर्देशन गरिएको छ । 

विज्ञप्तीमा भनिएको छ ‘पार्टी परम्परा, विधि विपरित, केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरितको भएकाले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’ 

विज्ञप्तीमा संसददीय दलभीत्रको विवाद समाधान गर्न केन्द्रिय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ ।