Skip to main content

दुुई हप्तापछि देखियो धनगढीमा विहानै देखि घाम

Submitted by editor on
ईबिगुल संवाददाता
घाम लागेको छ ।

धनगढी : दुुई हप्ताको उत्पात चिसोपछि धनगढीमा आज घाम लागेको छ । गत दुुई हप्ता देखि धनगढीमा हुस्सु लागेर जनजीवन प्रभावित भएको थियो । हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो भने जेष्ठ नागरिक र बालवालिकालाई असहज भएके थियो । 

मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका अनुसार जनवरी २६ अथवा माघको १२ गते यस वर्षको सबैभन्दा चिसोको दिन रह्यो । त्यस दिन न्युनतम तापक्रम १ दसमलव ५ डिग्रि पुुगेको थियो ।

जनवरी १७ अथवा माघ ३ गते देखि ओरालो लागेको तापक्रम माघ १२ गते यती तल झरेको हो । माघा ३ गते न्युनतम तापक्रम ५ दसमलव ६डिग्री मापन भएको थियो ।

मौसम विज्ञान विभागका अनुसार अब मौसममा सुधार आउदै जानेछ । यसवर्ष पश्चिममा हिउदे वर्षा र हिमपात नभएकाले पश्चिमी वायुको केही प्रभाव यथावत रहेकाले अझै पनि हिमपात हुने बताइएको छ ।