Skip to main content

नेकपा एमाले कैलालीको अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने

Submitted by editor on
ईबिगुल संवाददाता
फागुन ६ र ७ गते नेकपा एमाले कैलालीको अधिवेशन सुखडमा हुने

धनगढी:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने भएको छ ।
एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड तोकेको एमाले कैलाली जिल्ला सचिव डेजी पाण्डेले बताए ।

सचिव पाण्डेका अनुसार पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा झण्डै छ सय प्रतिनिधीहरुले भाग लिने छन् ।