Skip to main content

सापटी रमक माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी

Submitted by editor on
ईबिगुल संवाददाता
विकास मन्त्री झपट साउद


धनगढी  ः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी हालेका छन । 

बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले आफुले रामारोसन गाउपालिका वडा नम्बर ६का विरबहादुर साउदको छोरा ४३ वर्षका झपट बहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपया रुण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान माग्ने धम्की दिएको भन्दै धन बहादुर बोहराले उजुरी हालेका हुन । 

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन । धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले पनि उजुरी आउको स्वीकार गरे । ‘मन्त्री ज्युुका विरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको छ । के भएको रहेछ, दुुबै पक्ष बोलाउने तयारी भईरहेको छ’ चन्दले भने ।

तर सामाजिक विकास मन्त्री साउदले भने आफ्नो कुनै लेनदेन नभएको बताए । ‘त्यसो त केही थिएन, किन दिएछ, पछि कुरा गरौला’ मन्त्री साउदले भने ।