Skip to main content

मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय र पिएसओको काठमाण्डौं गएको खर्च १० लाख

Submitted by editor on
२२ पटकको काठमाण्डौं भ्रमणमा मुख्यमन्त्री शाहले ५ लाख ५६ हजार खर्च गरेकोमा उनका स्वकीय र पिएसओको मात्रै ९ लाख ९८ हजार ८०४ रुपैया खर्च भएको छ ।
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले ११ महिनाको कार्यकालमा २२ पटक काठमाण्डौंको भ्रमण गरेको कुरा सार्वजनिक भएलगत्तै उनका स्वकीय र पिएसओको खर्च उनको भन्दा दोब्बर भएको देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको जानकारी अनुसार २२ पटकको काठमाण्डौं भ्रमणमा मुख्यमन्त्री शाहले ५ लाख ५६ हजार खर्च गरेकोमा उनका स्वकीय र पिएसओको मात्रै ९ लाख ९८ हजार ८०४ रुपैया खर्च भएको छ । 

मुख्यमन्त्री शाहले अधिकांस काठमाण्डौं भ्रमणमा दुुई जना पिएसओ आफुसँग लैजाने गरेको खुलेको छ ।  पिएसओ तर्फको खर्चको विवरण विश्लेषण गर्ने हो भने त्यसमा पनि कैफियत देखिएको छ ।  

२०८० सालको मंसिर ४ गते (मुख्यमन्त्री ज्युको सुरक्षार्थ)  भनेर दिइएको शिर्षकमा पिएसओ राजेश मलासीले १० हजार बुुझेका छन भने तीनै राजेश मलासीले २०८० साउनको ४ गते देखि ४ गतेसम्मको ५ दिनको मात्रै २१ हजार ३०८ रुपैया बुुझेका छन । 

एकै प्रकृतीको भ्रमणमा समान दिनहरुको खर्च भनेर फरक फरक गरि बुझिएको छ । विभिन्न ५÷६जना सुरक्षाकर्मीलाई फरक फरक भ्रमणमा काठमाण्डौं लगिउको छ उनीहरुले मुख्यमन्त्रीले सपथ लिएदेखि मंसिरको १८ गतेसम्मको भ्रमणका क्रममा ६ लाख २२ हजार ३९० रकम बुुझेका छन ।

मुख्यमन्त्री शाहसँग काठमाण्डौं जाने क्रममा धेरैप पटक २ जना स्वकीयहरु पनि भ्रमणमा सहभागि देखिएका छन । २०७९ सालको फागुन २४ गते देखिको भ्रमणमा उनको सचिवालयका पदाधीकारीहरुले २ लाख ७६ हजार ४१४ रकम काठमाण्डौं खर्च बुुझेका छन । 

स्वकीय सचिवालयका पदाधीकारीको भ्रमण खर्चमा पनि कैफियत देखिएको छ । कुुनै स्वकीयले समान दिनको १२ हजार बुुझेका छन भने कुुनैले ३० हजार बुुझेका छन । 

जस्तो की २०८० को कार्तिक २२ देखि २६गतेसम्म ५ दिनको काठमाण्डौं भ्रमणको धर्मसिह बुढाले १२ हजार १५० रकम बुुझेका छन भने २०८० मंसिर ८ गते देखि १३ गतेसम्मको ६ दिनको उत्तम कुमार शाहले ३० हजार २३४ रमम बुुझेका छन ।