Skip to main content

नक्कली टिकट प्रकरण : दिलिप र भुवनलाई पक्राउ गर्न मालाखेती प्रहरीलाई निर्देशन 

Submitted by editor on
साउद मेयर विरेन्द्र भट्टका स्वकीय सचिव र उद्योग वाणिजय संघका सचिव हुन भने महरा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापती हुन ।
ईबिगुल संवाददाता
नक्कली टिकट विक्रि

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट विक्रि गरेको आरोप लागेका दुुई जनलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय मालाखेतीलाई निर्देशन दिएको छ ।

ब्यवसायीहरुले मंगलबार किटानी दिएका उद्योग वाणिज्य संघ अत्तरियाकै सचिव दिलिप सिह साउद र दुुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापती भुवन महरालाई पक्राउ गर्न  ईलाका प्रहरी कार्यालय मालाखेतीलाई लिखित नर्देशन पठाएको हो । 

‘मंगलबार नै जिल्ला अदालत कैलालीबाट पक्राउ पुर्जी जारि गरिएको छ । मंगलबार नै जिप्रकाले ईलाका प्रहरी कार्यालय मालाखेतीलाई पक्राउ गरि जिप्रका पेस गर्नु भनेर लिखित निर्देशन गरिसकेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदीप चन्दले भने । 

नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले प्रहरीमा दुुबै जना विरुद्ध किटानी जाहेरी दिएको हो । साउद गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टका स्वकीय सचिव पनि हुन । उनलाई प्रादेशीक महोत्सवको टिकट ब्यवस्थापनको जिम्मा दिईएको थियो भने महरालाई टिकत वितरणको जिम्मेवारी दिईएको थियो ।

अत्तरिया प्रादेशीक महोत्सव (पुस २६ गतेदेखि माघ ७ गते सम्म) सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिएको हो ।