Skip to main content

सुदूरपश्चिमको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पुरै खाली (तस्बिरमा हेर्नुहोस)

Submitted by editor on
शिवराज भट्ट
 उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय

धनगढी : सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा कर्मचारी नभेटिने गरेपछि सेवाग्राहीहरुले जान छोडेका छन । मन्त्री र राज्यमन्त्रीहरुमा आसेपासे, कार्यकर्ता र योजनाहरुमा पहुँच भएका बाहेक आफ्नो गुनासो गर्न जाने सर्वसाधारणहरु भने मन्त्रालयका कर्मचारी नै नभेटिने गरेपछि जान छोडेका छन । 

मन्त्रालयमा कर्मचारी नभेटिने आम सर्वसाधारणको गुनासो आएपछि ईविगुलको टोली बुधबार ३ घण्टा जती सुदूरपश्चिको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा बस्यो । मन्त्रालय सुनसान थियो । केही कर्मचारी घाम तापेर परिषदको मैदानमा कुर्सी लगाएर बसेका थिए भने अधिकांश शाखा महाशाखाका कुर्सी खाली थिए ।

मन्त्री रमेश धामी दिनभरी मन्त्रालयमा थिएनन । उनले नभएपछि उनको सचिवालयमा कोही भेटिने त कुरै भएन । कार्यालय खुलेदेखि मन्त्रालयका सचिव जीवनाथ पौडेल पनि हाम्रो तीन घण्टाको बसाई पछि ३ बजेतिर कार्यालय पुुगे । 

‘भुमी आयोगको कार्यक्रममा गएको थिए, १२ बजे कार्यक्रम सक्काई हाल्ने भनिएको थियो, ३ बजाई दिए । जनप्रतिनिधिहरुले बोल्न थाल्यो भने बस्नै प¥यो’ सचिव पौडेलको प्रतिक्रिया थियो ।

मन्त्रालयमा ५ वटा महाशाखा छन भने ती महाशाखा मातहतका १४ वटा शाखा छन । तर भुुई तलामा रहेको दर्ता चलानी र दोस्रो तलामा रहेको वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा बाहेकका अधिकांस महाशाखा र शाखाहरु खाली थिए । 

बन मन्त्रालयमा प्रशासन, योजना तथा अनुगमन महाशाखा अन्तर्गत प्रशासन तथा योजना शाखा, आर्थिक प्रशासन शाखा र कानून तथा फैसला कार्यान्वयन शाखा रहेका छन ।  

वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा अन्तर्गत वन व्यवस्थापन तथा उद्यम शाखा, वन्यजन्तु संरक्षण शाखा, भू तथा जलाधार शाखा र जैविक विविधता शाखा रहेका छन ।

यस्तै विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा अन्तर्गत विज्ञान तथा सूचना प्रविधि शाखा, जलवायु परिवर्तन तथा जलवायु वित्त शाखा र वातावरण शाखा रहेका छन । 

वाणिज्य तथा आपुर्ति महाशाखा अन्तर्गत वाणिज्य शाखा र आपुर्ति शाखा रहेका छन ।  औद्योगिक तथा पर्यटन प्रवर्धन महाशाखा अन्तर्गत औद्योगिक प्रवर्धन शाखा र पर्यटन विकास शाखा रहेका छन ।