Skip to main content

धनगढी उपमहानगरभीत्रका १९ वटा सडक निर्माणका लागि ठेक्का आह्वान

Submitted by editor on
भौतिक पुर्वाधार मन्त्रालयको बजेटमा पुर्वाधार विकास कार्यालय कैलालीले धनगढी भीत्रका १९ वटा सडकको ठेक्का सूचना प्रकाशित गरेको हो ।
ईबिगुल संवाददाता
१९ वटा सडक

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका उपमहानगरपालिका भीत्रका १९ वटा सडकहरुको निर्माण यसै आर्थिक वर्षबाट गर्ने भएको छ ।  यसअघि सघन सहरी सडक आयोजना अन्तर्गत अधिकांस सडकहरु ग्रामिण क्षेत्रमा निर्माण भएपछि नगर क्षेत्रका अधिकांस सडक कुरुप भएका थिए । भौतिक पुर्वाधार मन्त्रालयको बजेटमा पुर्वाधार विकास कार्यालय कैलालीले धनगढी भीत्रका १९ वटा सडकको ठेक्का सूचना प्रकाशित गरेको छ ।

धनगढी ४ रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोक – भगवती टोल सम्मको सडक, वडा न ३ वाणिज्य बैक–विशालनगर– जनता आधारभूत विद्यालय–विरेन्द्र चोक –रिङ्गरोड जोडने सडक, वडा न २ मेनरोड–रुवस होटल हुदै बैयावेहडी सडक, वडा न ३  को नेशनल मार्ग सडक र धनगढी २ पुरानो भन्सार रोड सडक एकै प्याकेजमा ठेक्का आह्वान भएको छ ।

यस्तै धनगढी ८ देखि १२ न वडा सम्मको  धनगढी गाउँ–जुगेडा सडक, धनगढी ८ पुष्पलाल चोक–धनगढी गाउँ सम्मकोे सडक, धनगढी ७ कैलाली बहुमुखी क्यामपस–जाखोरताल सडक र धनगढी १ त्रिवेणी सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।

धनगढी ५ नैनादेवि–पुरानो हसनपुर सडक, धनगढी ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा–वोराडाँडी – फाप्ला रिङ्गरोड सडक, धनगढी १३ मैदामिल–कैलाली गाउँ प्रहरी पोष्ट –ढुंगेबजार सडक र धनगढी उपमहानगरपालिका वडा न १३ राजपुर चोक देखि पुर्व वडा कार्यालय जाने सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।

धनगढी ११ वहिरा स्कुल–दक्षिणकाली टोल सडक, धनगढी ४ गठवन्धन चोक –शिवपुरीधाम सडकलाई एउटा प्याकजेमा राखिएको छ । 
धनगढी ६ मल्लो मटयारी – ढुंगेवजार– उत्तर कृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जाने सडक, धनगढी ४ शहिदगेट– शिवपुरी– न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्मको सडक कालोपत्रेका लागि एउटा प्याकेज बनाईएको छ । 

धनगढी २ खप्तड वडीमालिका टोल सडक, र धनगढी २ कै नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घर सम्म पक्कीनाला सहित ढल निकासलाई एउटा प्याकेजमा राखेर पुर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेको छ ।

पुर्वाधार विकास कार्यालय कैलालीले १८ महिनाको अवधी तोकेर ठेक्का सम्झौता गरिने जनाएको छ । ‘हामीले ठेक्का सम्झौता भएको १४ महिना भीत्र सडक सक्ने गरी सम्झौता गर्छौ, २०८२ को असार सम्म सबै सडक कालोपत्रे भईसक्नेछन’ पुर्वाधार विकास कार्यालय कैलालीमा प्रमुख रामचन्द्र खत्रीले भने ।