Skip to main content

नक्कली टिकट प्रकरण : ६ जनालाई पक्राउ गरी जिप्रका पेश गर्न मालाखेती प्रहरीलाई निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रादेशिक महोत्सव नक्कली टिकट प्रकरण

धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव नक्कली टिकट प्रकरणमा थप ४ जनालाई पनि पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय मालाखेतीलाई लिखित निर्देशन गरेको छ । 

बुधबार नक्कली टिकट प्रकरणमा थप ४ जना विरुद्ध किटानी जाहेरी परेको थियो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरासहितको टोलीले बुधवार संघकै महासचिव शंकर खडका, कार्य समिति सदस्य बम बहादुर बोगटी सहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

यसअघि सचिव अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध किटानी परिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले थप ४ जनालाई पनि पक्राउपुर्जी जारी भएको र उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुुझाउन मालाखेती प्रहरीलाई पत्राचार गरिएको बताए । 

तर शुक्रबार यस समाचार तयार पार्दासम्म प्रहरीले एक जनालाई समेत पक्राउ गर्न सकेको छैन् ।