Skip to main content

नक्कली टिकट प्रकरण : चार जना प्रहरी हिरासतमा

Submitted by editor on
ईबिगुल संवाददाता
नक्कली टिकट

धनगढी  ः अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट प्रकरणमा किटानी दर्ता गरिएका मध्ये ४ जनालाई प्रहरीले हिरासतमा राखेको छ । 

अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खडका, सचिव दिलिप कुमार साउद, कार्यसमिति सदस्य बम बहादुर बोगटी र  दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुबन महरालाई प्रहरीले हिरासतमा राखेको छ ।

महासचिव खडका र कार्यसमिति सदस्य बोगटी विभिन्न सञ्चार माध्यममा आफुनो नाममा पनि किटानी परेको खबर थाहा पाएको भन्दै शुक्रबार दिउसो आफै प्रहरीमा पुुगेका हुन भने शुक्रबार बेलुकी साउद र महरा पनि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन । उनीहरुले अनुसन्धानलाई सहज पार्न जिल्ला प्रहरी कार्यालय आएको बताएका छन । 

अत्तरिया उद्योग वाािज्य संघले उनीहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो । पुष २६ देखी अत्तरियामा सञ्चालन भएको महोत्सबमा नक्कली टिकट फेला परेपछि उनहरुका विरुद्ध किठानी परेको हो ।

महोत्सबको ८ औँ दिनमा झण्डै २७ नक्कली टिकटका ठेली संघकै महासचिवले बरामद गरेका थिए । त्यस यता छानबिन हुनुपर्ने माग गर्दै यस क्षेत्रका ब्यबसायीहरुले दबाब दिँदै आएका थिए ।  प्रहरीले चारैजनाका विरुद्ध मुद्धा दर्ता गरिएकाले अनुसन्धान सुरु भईसकेको जनाएको छ ।