Skip to main content

फोहरबाट मोहर बनाउदै धनगढी उपमहानगर, साढे १३ लाखमा बोलपत्र आह्वान

Submitted by editor on
ईबिगुल संवाददाता
फोहरबाट मोहर

धनगढी : फोहरलाई मोहर बनाउने गरी धनगढी उपमहानगरपालिकाले नकुहिने फोहर विक्रिका लागि बोलपत्र आह्वान गरेको छ । उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँ मुल्य राखि बोलपत्र आह्वान गरेको हो । 

उपमहानगरपालिकाले पहिलोपटक फोहर बिक्रीबाट कम्तीमा पनि १३ लाख ५१ हजार आम्दानी गर्नेछ । यो बोलपत्र बढाबढमा बिक्रि हुने उपमहानगरले जनाएको छ ।

२०८० सालको बैशाखबाट फोहर संकलन केन्द्र सञ्चालनमा आएको हो । धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ मा एक बिघा जग्गा भाडामा लिएर फोहरको बर्गिकरण गर्दै आएको छ । दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गीकरण केन्द्रमा कार्यरत छन ।

धनगढी उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले फोहर बिक्रीका लागि बोलपत्र आह्वान गरिएको बताए । उपमहानगरले स्रोतबाटै नकुहिने र कुहिने फोहर वर्गीकरण गरि संकलन गर्दै आएको छ । 

झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, कचरा, क्यान, आल्मुनियम, टायर र ट्युब लगायतका नकुहिने फोहर बिक्रीका लागि सूचना जारी गरिएको हो । 

धनगढी बजार क्षेत्रका वडाहरुबाट मात्र दैनिक २० देखि २५ टनसम्म फोहर संक्लन हुँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।