Skip to main content

गोदावरी नगरपालिकाको बदमासी, ७० सेन्टीमिटर खन्ने ठाउँमा ७ मिटरका खाल्टा

Submitted by editor on
गोदावरी नदीको तेघरी र खमौराको बीच भागमा आधादर्जन जेसिबि, स्काभेटर हालेर नदीभीत्र २० फिट भन्दा गहिरा खाल्टा बनाईएका छन ।
शिवराज भट्ट
चरम रुपमा दोहन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले गोदावरी नदीको चरम रुपमा दोहन गर्न दिएको खुलेको छ । उसले वातावरण प्रभाव मुल्यांकनको पनि विपरित निर्माण ब्यवसायीलाई मनपरी खोलाको दोहन गर्न दिएको हो ।

गोदावरी खोलाको वातावरण प्रभाव मुल्यांकनमा गोदावरीका ७ स्थानबाट नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ । ढुंगा निकाल्न अनुमति पाएको ठाउँ गोदावरी नगरपालिकाको तेघरी र खमौराको बीच भागमा ७ मिटरका खाल्टा बनाईएका छन ।

जबकी वातावरण प्रभाव मुल्यांकनमा त्यस ठाउँमा बढीमा ० दसमलव ७ मिटर अथवा ७० सेन्टीमिटर गहिरो मात्रै खन्न पाउने भनेर तोकिएको छ । (वातावरण प्रभाव मुल्यांकनको फोटो हेर्नुस) 

वडा नम्बर २ र ३ मा पर्ने नदीबाट ५१ घनमिटर र तेघरी र खमौराको बीचमा पर्ने गोदावरी नदीबाट २५ हजार ४४० घनमिटर ढुुंगा निकाल्न पाईने वातावरण प्रभाव मुल्यांकनमा उल्लेख छ । दुुबै स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्दा सुुन्य दसमलव ८ मिटर भन्दा गहिरो खाल्टो बनाउन नपाउने पनि उल्लेख छ । 

यस्तै अरु ५ वटा स्थानबाट निकालिने नदीजन्य पदार्थ निकाल्दा पनि ० दसमलव ९९ मिटर भन्दा गहिरोमा जान नपाउने उल्लेख छ । सबै मिलाएर गोदावरी नदीबाट मात्रै २ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ । तर कुन ठाउँबाट कति निकालियो ? त्यसको लेखाजोखा कसैसँग छैन । 

गोदावरी नदीको तेघरी र खमौराको बीच भागमा आधादर्जन जेसिबि, स्काभेटर हालेर नदीभीत्र २० फिट भन्दा गहिरा खाल्टा बनाईएका छन । गोदावरी नदी चुरे नजिकैको नदी हो । त्यो क्षेत्र प्रदेशको राजधानी तोकिएको पनि क्षेत्र हो । 

‘नदीमा दर्जनौं स्काभेटर लगाईका छन । सैयौं टिप्परले नदीजन्य पदार्थ ओसार पसार गरिरहेका छन । नदीभीत्र क्रसर रहे जस्तै गरी बितण्डा मच्चाएको छ’ गोदावरीका स्थानीय शर्मानन्द भट्टले भने । ‘नदीको अवस्था हेर्दा रुने मन लाग्छ ।’ 

गोदावरी, खुुटीया र खैराना नदी त्यस नगरपालिकाका आम्दानीका मुख्य स्रोत हुन । तर ती तीन वटै नदीको स्रोत संकलनका लागि ठेक्का लागेको छैन । नगरपालिका आफैले प्राकृतिक स्रोत संकलन गरी विक्रि गरिरहेको छ ।