Skip to main content

कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
स्करीको समान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहनगरपालिका १ पशुतिटोलबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका २७ हजार २ सय ८० मूल्यको  सुर्ती जन्य पर्दाथ, किराना लगायतका सामान र धनगढी उपमहनगरपालिका ३ चौराहबाट ६३ हजार ९ सय ५० मूल्यको प्याज, चिनी, चना, सुर्ति, बिडी, चकलेट, नरिवल, मिठाई, चियापत्ती, पेन्सिल लगायतका सामान कैलाली प्रहरीले बरामद गरेको हो ।

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ मायापुरीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको बोईलर कुखुरा आइतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त कुखुरा नष्ट गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।