Skip to main content

कञ्चनपुरका धामी र अछामकी बोहरा कर्ण बोहरा पत्रकारिता पुरस्कारका लागि छनौट

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चपुरका धामी र अछामकी बोहरा कर्ण बोहरा पत्रकारिता पुरुस्कारका लागि छनौट

धनगढी :  सुदूरपश्चिमका दुुई जना पत्रकार कर्ण बोहरा स्मृती पत्रकारिता पुरस्कारका लागि छनौट भएका छन । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिले यस वर्ष देखि स्थापना गरेको उक्त पुरस्कार कञ्चनपुरका पत्रकार सुरेश धामी र अछामकी पत्रकार कल्पना बोहराले पाउने भएका हुन ।

हरेक वर्ष प्रेस चौतारी नेपालको स्थापना दिवशका अवसरका दिन दिने गरी स्थापना भएको उक्त पुरस्कार यसपाली भने केही ढिलो भएर दिईने प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीले बताए ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लोग्शरी कुवरको अध्यक्षतामा पत्रकारहरु दिलबहादुर छत्याल, राजेन्द्र नाथ, राजेन्द्र धामी र बसन्त प्रताप सिह सदस्य रहेका पुरस्कार छनौट समिति गठन गरेको थियो । 

धामी कञ्चनपुरबाट प्रकाशित हुने अपी टुडे दैनिकका प्रकाशक सम्पादक हुन भने उनी प्रेस चौतारीका पुर्व अध्यक्ष पनि हुन । बोहरा विगत एक दशक देखि अछाममा रहेर पत्रकारिता गर्दै आएकी छिन । उनी रेडियो जनप्रीय एमएमकी सम्पादक हुन भने प्रेस चौतारी नेपाल अछाम शखाकी उपाध्यक्ष पनि हुन ।