Skip to main content

गोदावरीको नदी दोहन : कुरा बाहिर आउने डरले उपपमेयरको अधिकार खोसीयो

Submitted by editor on
ईबिगुल संवाददाता
शारदा देबी रोकाया

धनगढी : गोदावरी नगरपालिकामा काँग्रेसबाट विरेन्द्र भट्ट मेयर छन भने एमालेबाट शारदा देबी रोकाया उपमेयर छन । मेयर उपमेयर अलग अलग पार्टीका भएकाले पनि नगरपालिकामा गरिएको मनपरि बाहिर आउने गरेको छ । 

स्थानीय तह सञ्चालन ऐनमा नदीजन्य पदार्थ सहित पालीका भीत्रको सबै कुराको अनुुगमनको संयोजक उपप्रमुख हुने कानूनी प्रावधान छ । तर गोदावरी नगरपालिकाले भने उपमेयर रोकायालाई अनुुगमनको जिम्मा दिएको छैन । 

नदीजन्य पदार्थको अनुुगमनका लागि नगरकार्यपालिकाले गत आर्थिक वर्ष नै वडा नम्बर २ का वडा सदस्य देबराज भट्टको संयोजकत्वमा ५ सदस्यीय नदीजन्य पदार्थ अनुुगमन समिति गठन गरेको छ । त्यो समितिमा वडा नम्बर १ का वडा सदस्य गम्भिर साउद, वडा नम्बर ३ का वडा सदस्य धनी कामी, वडा नम्बर ४ का वडा सदस्य तारा छेडाल र वडा नम्बर ८ का वडासदस्य चन्द्र विसि सदस्य छन ।

उपमेयर रोकाया भन्छिन, ‘महिला भएर अनुुगमन गर्न सक्दैनौ भनेर समिति बनाएको हो भन्छन, महिला भएर अनुुगमन गर्न नसक्ने भए कानूनले किन बनायो छ । त्यसमा मिलेमतोमा भ्रष्टाचार गर्न पाईन्छ भनेर यस्तो गरिएको हो ।’ 

तर मेयर विरेन्द्र भट्ट भने कार्यपालिकाको बैठकमा उपमेयरकै सहमतिमा यस्तो गरिएको दाबी गर्छन । ‘नगर कार्यपालिकाको बैठकले नै ५ सदस्यीय समिति गठन गरेको हो । त्यो बैठकमा उपमेयर पनि हुुनुहुन्थ्यो । सम्पूर्ण अनुुगमनको जिम्मा त उपमेयरकै हो नी’ मेयर भट्टले भने ।