Skip to main content

गोदावरीको नदीजन्य अवैध उत्खनन : क्रसर उद्योगलाई पनि स्काभेटर खोलामा हाल्न अनुमति (सूची सहित)

Submitted by editor on
ईबिगुल संवाददाता
अवैध उत्खनन

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका तीन वटा नदीमा १३ वटा जेसिबि र एक्जाभेटर हाल्न दिईएको खुलेको छ । खुटीया, खैराना र गोदावरी नदीमा विभिन्न ठेकेदारका १३ वटा जेसिबि र एक्जाभेटरलाई उत्खननको अनुमति दिईएको पाईएको हो । 

जबकी खोलामा एक्जाभेटर र जेसिविको प्रयोग वर्जित छ । जिल्ला समुन्वय समितिका निमित्त प्रमुख खगराज भुषाल भन्छन, ‘राष्ट्रिय गौरवको योजनाहरुका लागि सरकारले निर्णय गरेर जेसिवि हाल्न दियो भने मात्रै खोलामा जेसिबि हाल्न पाईन्छ । अथवा कुनै खोलामा विपत आयो भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले अनुमति दियो भने मात्रै खोलामा जेसिबि वा एक्जाभेटर हाल्न पाईन्छ, स्थानयि तहलाई त्यो अधिकार छैन’ उनले भने ।  

गोदावरी नगरपालिकाकाले विभिन्न निर्माण ब्यवसायीहरुलाई प्रत्येक जेसिबि र एक्जाभेटरबाट २०÷२० हजार रकम लिएर खोलामा हाल्न दिइएको छ । गोदावरी खोलामा त स्काभेटर र जेसिबिका चालकहरु बस्ने टहरा नै बनाईएका छन । नगरपालिकाको तथ्यांक अनुसार गोदावरी नगरपालिकाले तीन वटै नदीमा ८ वटा स्काभेटर र ५ वटा जेसिबिलाई नदीजन्य पदार्थ उत्खननका लागि अनुमति दिएको छ । 

सबैभन्दा बढी टिम्स राजेन्द्र कुमारको नाममा मात्रै ५ वटा जेसिबि र एक्जाभेटरलाई खोलामा हाल्न अनुमति दिईएको छ । लालपुरको शिवशक्ति क्रसर उद्योगलाई समेत खोलामा एक्जाभेटर हाल्न दिइएको छ ।