Skip to main content

पूर्व प्रम तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको नागरिक अभिनन्दन गरिने

Submitted by editor on
ईबिगुल संवाददाता
लोकेन्द्र बहादुर चन्द

धनगढी : पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको सुदूरपश्चिममा नागरिक अभिनन्दन गरिने भएको छ । २०८० सालको फागुन ३ गते धनगढीमा उनको नागरिक अभिनन्नदन हुने मूल समारोह समितिले जनाएको छ । 

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गर्न लागिएको बताए । चन्द बैतडीको सुर्नया गाउपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन । 

फागुन ३ गते उनको ८४ जन्मोत्सवमा अवसरमा अभिनन्दन गरिन लागिएको हो । अभिनन्दन समारोहका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । विर्षजन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो । 

नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन । 

चन्द नेपालमा चार पटक प्रधानमन्त्री भए तर उनलाई उनको शासनकालभरी कुनै दाग लागेन । सालीन स्वभावका उनलाई उनको ८४ वार्षिकोत्सवका अवसरमा अभिनन्दन गरिने भएको हो । विहान उनलाई धनगढी नगरपरिक्रम गरेर धनगढीको सौराई ब्यांकेटमा कार्यक्रमको आयोजना गरिने आयोजक समितिले जनाएको छ ।