Skip to main content

सूचनाको हकका लागि सुदूरपश्चिमलाई अब्बल प्रदेश बनाउन चाहन्छु : मुख्यमन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
मु

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सूचनाका हकका लागि सुदूरपश्चिम प्रदेशलाई अब्बल प्रदेश बनाउने बताएका छन । सूचनाको हक राष्ट्रिय सञ्जालले कैलालीको भादा होमस्टेमा आयोजना गरेको एक दिवशिय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

‘सूचनाको हकका सवालमा म सुदूरपश्चिमलाई अब्बल प्रदेश बनाउन चाहन्छुु’ उनले भने । उनले त्यसका लागि पत्रकारहरुको साथ र सहयोगको अपेक्षा गरे । ‘मलाई पत्रकारहरुको साथ र सहयोग चाहिन्छ’ मुख्यमन्त्री शाहले भने ।

उनले सूचनाको हकका बारेमा प्रदेशभरीका कार्यालयहरुलाई दिन मिल्ने सबै सूचना उपलबध गराउन निर्देशन दिने पनि बताए । ‘म प्रदेशभरीका सार्वजनिक कार्यालयका प्रमुखहरुलाई भन्न चाहन्छुु की हरेक नागरिकको अधिकार हो सूूचनाको हक, सबैलाई मागे अनुसारको सूचना दिनुपर्छ ।’

उनले आफ्नो बारेमा मागेका सूचनाका बारेमा पनि जे छ दिनु भनि निर्देशन दिएको बताए । ‘मेरो बारेमा केही सूचना माग भएको रहेछ । १५ दिन पछि मेरो टेबुुलमा त्यो आयो, मैले सूचना जे छ त्यो सत्य सूचना दिनुभनेर निर्देशन गरे’ उनले भने । ‘त्यस सूचनाले मेरो बारेमा सकारात्मक होस वा नकारात्मक, मैले सूचना दिन भनेको छुु ।’

मुख्यमन्त्री शाहले सूचना नदिएमा त्यसबारे आउने अल्पसूचनाले अझ बढी असर पार्ने बताए । उनले आफ्नो बारेमा आएको समाचारले आफुलाई सच्चिन सहयोग गरेको बताए । ‘कतिपय कुराले आफुलाई पनि सिक्ने र सच्चिने मौका दिएको छ, म सुशासनको पक्षमा छु, मातहतका कार्यालयहरुलाई मागेको सूचना दिनुहोस भन्न चाहन्छु’ मुख्यमन्त्री शाहले भने । 

कार्यक्रमको अध्यक्षता सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका केन्द्रिय अध्यक्ष उमीद बागचन्द गरेका थिए भने कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्ट  र राष्ट्रिय सूचना अयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ विशिष्ट अथिति थिए । राष्ट्रिय सूचना अयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकका विषयमा आएका जिज्ञासाको जवाफ दिएका थिए । 

कार्यक्रममा पत्रकार चित्रांग थापा, दीर्घराज उपाध्याय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लगायतले मन्तब्य ब्यक्त गरको थिए ।