Skip to main content

कञ्चनपुरका दुुई जना पत्रकार प्रहरी नियन्त्रणमा

Submitted by editor on
प्रहरी भन्छ साईबर क्राईमका प्रतिवादी समातेका हौं
ईबिगुल संवाददाता
कञ्चनपुरका दुुई जना पत्रकार प्रहरी नियन्त्रणमा

धनगढी : कञ्चनपुरका दई जना पत्रकार पुस्कर भट्ट र एश्वर्य कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य कुवरलाई केहीबेर अघि उनकै निवासबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर प्रहरीका अनुसार दुुबै जना विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा (साईबर क्राईम) दर्ता गरिएको छ । कञ्चनपुर प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार दुुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए ।

‘पत्रकार भनेर पक्राउ गरिएको होईन, साईबार ब्युरोमा कञ्चनपुर ७५५० ले मुद्धा हालेको छ । दुुबैजना त्यही मुद्धाका प्रतिवादी भनेर पक्राउ गरिएको हो’ कञ्चनपुरका एसपी कमल थापाले भने । 

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट माउन्टेन टेलिभीजनका पत्रकार हुन भने कुवर महेन्द्रनगरबाट प्रकासित आभाषकुञ्ज दैनिकमा कार्यरत पत्रकार हुन । भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम पनि गर्दै आएका थिए ।

दुुबै जनालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।