Skip to main content

कैलालीको मोहन्यालबाट जेसिबि र टिप्पर नियन्त्रणमा

Submitted by editor on
ईबिगुल संवाददाता
टिप्पर नियन्त्रणमा

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा नदीजन्य पदार्थको दोहन गरेको भन्दै एउटा जेसिबि र २ वटा टिप्पर नियन्त्रणमा लिईएका छन । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिले उक्त ढुवानीका साधन नियन्त्रणमा लिएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख खगराज भुुषालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित टोलीले मंगलबार मोहन्याल गाउँपालिका वडा नम्बर ३ स्थित फल्लेविसौनीमा रहेको भैसि मारहान्ने खोलाबाट नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाले तोकिएको विवरणभन्दा बढी नदिजन्य सामाग्री उत्खन्न गराइरहेको टोलीले भेटाएको जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।

‘आइइ प्रतिवेदनमा तोकिएको भन्दा बढी गहिराई पारेर गाउँपालिकाले नदिजन्य सामाग्री उत्खन्न गराइरहेको पाइयो’ उनले भने  । ‘एउटा जेसिवी र २ वटा टिप्पर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका छौं ।’