Skip to main content

धनगढीको शिवपुरी धाममा श्रीमदभागवत महायज्ञ सुरु (फोटोफिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
श्रीमदभागवत महायज्ञ

धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा श्रीमदभागवत सुरु भएको छ । 

शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा बुुधबारदेखि ११ औं श्रीमद भागवत महायज्ञ भएको हो । महायज्ञमा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द प्रमुख अथिति रहेका छन ।

ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामी पनि श्रीमदभागवत महायज्ञमा उपस्थित भएका छन । फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुनेछ । 

धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ ।  धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टको अध्यक्षतामा भएको महायज्ञ अघि सहिद गेट देखि ट्राफिक चौराहा, रातोपुल हुदै धामसम्म विभिन्न झाँकी सहितको कलशयात्राको आयोजना गरिएको थियो । 

महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुनेछन । महायज्ञमा १०८ शिवलिंग स्थापना संकल्प पनि हुनेछ ।

महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताईएको छ ।

महायज्ञमा हरेक साँझ वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुनेछ । 

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो । तस्बिरहरु : शिवराज भट्ट