Skip to main content

विद्युतीय कारोबारको आरोपमा माओवादी केन्द्रका प्रदेश सदस्य पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
माओवादी केन्द्रका प्रदेश सदस्य पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ । भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन् ।

सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई नियन्त्रणमा लिएको थियो । चन्द पूर्व प्रहरी हवल्दार हुन् । कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो ।

भट्ट पक्राउ गरेपछि आइसिटी फोरम नेपाल जिल्ला समिति डडेल्धुराले खेद प्रकट गरेको छ । बुुधबार एक विज्ञप्ति जारी गर्दै सिकेलाई कञ्चनपुर प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै खेद प्रकट गरेको हो ।