Skip to main content

साईबर अपराध मुद्धामा पक्राउ गरिएका कञ्चनपुरका पत्रकार थुनामुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
साईबर अपराध मुद्धामा पक्राउ गरिएका कञ्चनपुरका पत्रकार थुनामुक्त

महेन्द्रनगर : साईबर अपराधको आरोपमा पक्राउ गरिएका कञ्चनपुरका दुुई जना पत्रकार, एकजना माओवादी नेता सहित पाँचै जना छुटेका छन । कञ्ञ्चनपुर ७५(५०) ले दिएको साईबर उजुरीका आधारमा गत शुक्रबार पत्रकार पुस्कर भट्ट र शनिबार पत्रकार एश्वर्य कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य कुवरलाई उनकै सुकासाल स्थित निवासबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । 

दुुबै जनालाई आईतबार ७ दिनको म्याद थपिएपनि उनीहरुलाई बुधबार बेलुकी छोडिएको छ । पत्रकारका कानून ब्यवसायी विनोद भट्टले उनीहरुलाई थुनामा  राखेर अनुसन्धान गर्न नपर्ने भएकाले जमानीमा छोडेको बताए ।

प्रहरीले सोही मुद्धामा भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पनि पक्राउ गरेको थियो । उनीहरु पनि बुुधबार नै छुटेका छन ।

केही दिन अगाडी कञ्चनपुर प्रहरीले कञ्चनपुर ७५(५०) विरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । सो मुद्दामा ६ जना पक्राउ परेकोमा सबै छुटेका छन् । 

पक्राउ परेर छुटेका भट्ट माउन्टेन टेलिभीजनका पत्रकार हुन भने कुवर महेन्द्रनगरबाट प्रकासित आभाषकुञ्ज दैनिकमा कार्यरत पत्रकार हुन ।