Skip to main content

बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन (तस्बिरमा हेर्नुस)

Submitted by editor on
शिवराज भट्ट
लोकेन्द्र बहादुर चन्द

धनगढी : पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले विहीबार एक कार्यक्रमका बीच चन्दको नागरिक अभिनन्दन गरेको हो । 

धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोड देखि ट्राफिक चोक हुदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगरपरिक्रमा पनि गराईएको थियो ।

नागरिक अभिनन्दन समारोह समितिका संयोजक माया प्रकाश भट्टकै अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरुले अभिनन्दन पत्र र दोसल्लाले बरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरे ।

सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया गाउपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन । 

विहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन । ८५ औं जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो । उनका थुप्रै कृतिहरु मध्ये विर्षजन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो । 

नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन । 

चन्द नेपालमा चार पटक प्रधानमन्त्री भए तर उनलाई उनको शासनकालभरी कुनै दाग लागेन ।