Skip to main content

साहीत्य सङ्लियो, राजनीति सङ्लिएन : पूर्व प्रधानमन्त्री चन्द

Submitted by editor on
शिवराज भट्ट
पुर्व प्रधानमन्त्री चन्द

 धनगढी : पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले देशको राजनीति धमिलिदै गएको बताउका छन । सुदूरपश्चिमका नागरिकहरुले धनगढीमा गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दले यस्तो बताएका हुन । 

‘नेपालको साहित्य क्षेत्र सङ्लियो तर नेपालको राजनीति सङ्लिएन’ चन्दले चिन्ता ब्यक्त गरे । ‘मुलुकको राजनीति धमिलिदै गएको छ । त्यसको दोषी म पनि हुँला । मैले पनि समयमा केही गर्न नसकेको हुँदा तर यही अवस्था रह्यो भने आउने पिढिले सारै दुख पाउछ’ उनले भने । 
उनले राजनीति र साहित्यको उद्देश्य एउटै भएको बताए । ‘राजनीति र साहित्यको उद्देश्य एउटै हो । समाजका गल्ती, त्रुटी हटाएर सुखी समृद्ध र सम्पूर्ण समाजको निर्माणमा साहित्यको पनि उत्तीकै भुमीका हुन्छ, अब राजनीतिको त हुनै नै भयो’ उनले भने । ‘साहित्य ठिकठिकै छ तर राजनीति सङ्लो भएन ।’

उनले आफ्ना समकालिन राजनीतिज्ञहरुलाई सम्झिदै भने, ‘अब देशको राजनीति सुधार तर्फ लाग्नुहोस । राजनीति नै धमिलो भयो भने हाम्रो जीवन पनि त्यत्तीकै धमिलो हुन्छ । अभिनन्दन कार्यक्रमका क्रममा उनले सुदूरपश्चिमबाट देशका लागि ज्यानको बाजी थापेका सहिद दसरथचन्द, भीमदत्त पन्त, बाँकाबीर जस्ता सहिदहरुलाई सम्झे । 

उनले सुदूरपश्चिमबाट राम्रा राम्रा साहित्यकारहरुले देशको समृद्धीका लागि योगदान पुगाएको बताए । ‘पहलमानसिह स्वार, डाक्टर केआई सिहको योगदान अतुलनीय छ’ उनले भने । ‘अहिलेको युवा पिढिका साहित्यकार पनि एक से एक आएका छन ।’

धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई विहबिार धनगढीमा अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोड देखि ट्राफिक चोक हुदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगरपरिक्रमा पनि गराईएको थियो । 

अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरुले अभिनन्दन पत्र र दोसल्लाले बरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरेका थिए । सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया गाउपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन ।

विहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन । ८५ औं जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो । नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन । उनका थुप्रै कृतिहरु मध्ये विर्षजन कथा संग्रहले २०५४ सालमा मदन पुरुस्कार पाएको थियो ।